प्रकाशित : ८ पुष २०७८, बिहीबार २०:०२

विराटनगर, ८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ ज्नामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र संखुवासभामा १‒१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ९, कटहरी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १‒१, सुनसरीको गढी र इटहरीमा १‒१, झापाको दमक, भोजपुरको पौवादुङ्मा र संखुवासभाको चैनपुरमा १‒१ जनामा संक्रमण भएको हो ।

प्रदेश १ मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३