प्रकाशित : ७ पुष २०७८, बुधबार २२:१३

विराटनगर, ७ पुस । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईको आर्थिक सल्लाहकारमा उद्योगी राजेन्द्र राउतलाई नियुक्त हुनु भएको छ । नेपाल उद्योग बाणिज्य महासङघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष समेत रहनु भएका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
गैर राजनीतिक पृष्ठभूमिका उद्योगी राउत पूर्व क्षेत्रका एक प्रतिष्ठित उद्योगी हुनुहुन्छ ।
आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको सल्लाह र परामर्शमा आफुले सकेको साथ दिने प्रतिवद्धता जनाउनु भयो ।

जलविद्युत र कृषिका लागि सम्भावना बोकेको प्रदेश भएकोले त्यस क्षेत्रमा लगानी बृद्धि गर्न र देखिएका समस्या समाधान गर्न आफ्नो तर्फबाट प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने सल्लाहकार राउतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३