प्रकाशित : ५ पुष २०७८, सोमबार १९:०२

विराटनगर, ५ पुस । प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक आगामी पुस ७ गते बस्दैछ । प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित समितिको उक्त बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अहिलेसम्म सहमतिको कुनै सम्भावना देखिएको छैन । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेका छन् । उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मङ्गलबारका लागि बोलाइएको छ ।

पदाधिकारी छनौटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिएका छन् ।

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मङ्सिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३