प्रकाशित : ४ पुष २०७८, आईतवार १८:५६

विराटनगर, ४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ ।

२३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २‒२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १‒१, इलामको चुलाचुली र माईजोगमाईमा १‒१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९१ रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३