प्रकाशित : २ पुष २०७८, शुक्रबार १७:३४

विराटनगर, २ पुस । विराटनगरमा आज देखि ‘विन्टर फुटवेयर’ महोत्सव शुरु भएको छ ।

नेपाली बस्तु उपभोक्ताहरुलाई चिनाउन र स्वदेशी उद्योग प्रबद्र्धन गर्ने उद्देश्यले फुटवेयर महात्सव शुरु गरिएको आयोजक समिम खानले जानकारी दिनुभयो । बिराटनगर ६ भाटभटेनी सुपरमार्केटको छेउमा पुस ३० गते सम्म चल्ने उत्सवमा जुत्ता चप्पलमा ६० प्रतिशत सम्म छुट गरिएको खानले बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वदेशी ब्रान्डका जुत्ता चप्पल सबैले सहज तरिकाले प्राप्त गर्न सकुन भन्ने हाम्रो उद्देश्य हो ।’

विन्टर फुटवेयरको विराटनगरका बरिष्ट पत्रकार तेजेन्द्र भण्डारीले शुभारम्भ गर्नुभएको थियो । विन्टर फुट वेयर महोत्सवमा शिखर शु, हाईलाईफ र युनाईटेड ब्राण्डका जुत्ता चप्पलहरु राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३