प्रकाशित : २९ मंसिर २०७८, बुधबार ०७:१२

विराटनगर, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा.शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापमिा निर्वाचित हुनु भएको  हो ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।
नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने बताए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३