प्रकाशित : २८ मंसिर २०७८, मंगलवार ०७:०४

विराटनगर, २७ मंसिर । जिल्ला अदालत मोरङले सनम शाक्य हत्या एवं करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एमके मामा भनिने मोहनकुमार अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई ३ लाख रूपैयाँ धरौटीमा छाड्न सोमबार आदेश दिएको अदालतका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताउनु भयो । अग्रवाल काठमाडौंबाट गायब बनाइएको भनिएको साढे ३३ किलो सुनका लगानीकर्ता रहेको दाबी सरकार पक्षको थियो । श्रेस्तेदार राणाका अनुसार सुनसरीको धरान उपमहानगरपालिका‒३ का ५७ वर्षीय अग्रवाल आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन धरौटीमा छुटेका हुन् ।

मुद्दामा वादी नेपाल सरकारका पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि काफ्ले र प्रतिवादी अग्रवालका पक्षमा वरिष्ठ अधिवक्ता रमेश कोइराला तथा अधिवक्ता शान्तिराम भण्डारीले बहस गर्नु भएको थियो ।

राणाका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अग्रवाललाई धरौटीमा छाड्न आदेश भएको हो । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा चलिरहेको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३