प्रकाशित : २६ मंसिर २०७८, आईतवार १७:४०

विराटनगर, २६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १‒१, झापाको दमक र विर्तामोडमा २‒२, बुद्धशान्ति र मेचीनगरमा १‒१, सुनसरीको दुहवी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १‒१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३