प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार १८:२३

विराटनगर, २४ मंसिर । प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय मिल्स कप नकाउट फुटलब टुर्नामेन्ट २०७८ विराटनगरमा भोलिदेखि सुरू हुने भएको छ । फार्क क्लब रानी विराटनगर ‒ १५ को आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा पुस ४ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागिता हुने जानकारी गराएको छ । नकाउटको आधारमा हुने प्रतियोगिताहरूमा प्याब्सन मोरङमा आवद्ध भएका विद्यालयहरुले भाग लिने फार्क क्लब रानीका अध्यक्ष धनकुमार लामाले जानकारी दिनु भयो ।

प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागी हुनेछ । यस्तै रंगेलीबाट सन‒रे, सुन्दरहरैँचाबाट पूर्वाञ्चल एकाडेमी, बूढीगंगाबाट जेभियर, यूनिक स्कूल र ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कुलले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्याब्सन विराटनगरको सहकार्यमा हुने प्रतियोगिताको सह‒आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेका छन् । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।

प्रतियोगिताको पहिलो दिन भोलि दुईवटा खेल हुने छन् । पहिलो खेलमा गोदावारी र एजेलिया स्कुलबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा ग्रामथानको जनक र बूढीगंगाको जेवियर स्कुल भिड्ने छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३