प्रकाशित : २१ मंसिर २०७८, मंगलवार १८:३८

विराटनगर २१ मंसिर । भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का संक्रमित मोरङमा भित्रिन नदिन सीमा नाकामा कडा निगरानी गरिने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन समिति ) (डिसीसीएमसी) मोरङको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

बैठकले विराटनगर लगायत मोरङका विभिन्न स्थानबाट सञ्चालित हुने विभिन्न सार्वजनिक यातायातका सवारी साधनहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, सार्वजनिक यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु, उद्योग कलकारखाना आदिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पलना गराउने र सबैलाई मास्क लगाउन अनिवार्य गरी त्यसका लागि स्थानीय तहले प्रचार प्रसार गर्ने, नेपाल भारतको मुल नाका विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने सबै व्यक्तिहरुको एन्टीजेन्ट परीक्षण सुरु गर्ने र संक्रमित देखिएका व्यक्तिहरुलाई आवश्यकता र अवस्था अनुसार आइसोलेसन र कोरोना अस्पतालमा पठाउने निर्णय पनि गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

त्यसैगरी विवाह तथा पार्टी भोजमा पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गर्न प्रचार प्रसार गर्ने , जिल्लाका सबै स्थानीय तहहरुलाई कोरोना भाइरसको नयाँ भेरियन्टको सम्भावित संक्रमण प्रति सतर्क रहदै पूर्व तयारीका लागि जुट्न निर्देशन गर्ने, जिल्लाका विभिन्न स्थानमा स्थानीय तहहरु मार्फत सर्वसाधारणका लागि सतर्क रहन र मास्क अनिवार्यरुपमा लगाउन सूचना गर्न निर्देशन गर्ने , जिल्लाका अन्य सबै सीमा नाकाहरुमा थप सुरक्षा व्यवस्था कडा गर्न सीमा क्षेत्रका सुरक्षा निकायहरुलाई निर्देशन गर्ने लगायतका निर्णय भएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांङ्क अनुसार मोरङमा कुल कोरोना परीक्षण गरिएका मध्ये १० प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण देखिएकाले अहिलेनै जोखिमको अवस्था नरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।
कोरोना भाइसको सम्भावित जोखिमलाई मध्यनजर गदै नेपाली सेनाको पहलमा विराटनगर स्थित विराटनगर जुटमिल क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण भइरहेको बताइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३