प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार २१:४२

विराटनगर, १७ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश १ को नेतृत्वका लागि प्यानलगत उम्मेदवारी दर्ता भएको छ । सभापतिमा संस्थापन देउवा‒सिटौला समूहबाट झापाका उद्धव थापा र संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्यानलगत उम्मेदवारी दिएका छन् ।

प्रदेश उपसभापतिमा गोविन्द ढुङ्गाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी, महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा, सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्वु, अञ्जना ताम्ली, रोहित राई, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार वस्नेत, खड्ग फागो र इन्दिरा थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री निर्वाचित गर्ने छ । सहमहामन्त्रीमा २ महिला र २ खुल्ला निर्वाचित हुने छन् । हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।

प्रदेश अधिवेशनमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने बताईएको छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३