प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार १७:५८

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, पथरीशनिश्चरे र उर्लाबारीमा १‒१, झापाको मेचीनगरमा ३, भद्रपुर र विर्तामोडमा २‒२, हल्दिबारी र बाहृदशीमा १‒१, सुनसरीको इटहरीमा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३