प्रकाशित : १२ मंसिर २०७८, आईतवार १९:३३

विराटनगर, १२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले आज इलामका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नु भएको छ ।

मन्त्री यादवले माई नगरपालिकामा रहेको माई आयुर्वेद औषधालय , दानाबारीमा रहेको माई अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नुभएको उहाँका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले अस्पताल तथा आयुर्वेद औषधालयको अनुगमनका क्रममा औषधिको उपलब्धता, विरामीहरुले पाईरहेको सेवा लगायत बारे अस्पतालका तथा औषधालयका प्रमुखसँग जानकारी लिनु भएको थियो । सेवा प्रवाह गर्ने क्रममा जनताबाट केही गुनासो नआउन गरि गर्न उहाँले निर्देशन पनि दिनुभयो ।

उहाँले अस्पतालमा भेटिएका सेवाग्राहीहरुसँग पनि अस्पताल तथा आयुर्वेद औषधालयले दिने सेवा प्रवाहका बारेमा जानकारी लिनु भएको थियो ।

मन्त्री यादवले इलामको मांसेबुङ, चुलाचुली र माईका स्वास्थ्य संस्था, शिक्षण संस्था, धार्मिक संस्थाहरुको अनुगमन गर्नुभएको स्वकीय सचिव यादवले बताउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३