प्रकाशित : १२ मंसिर २०७८, आईतवार १८:४५

विराटनगर, १२ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ ।

३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १‒१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाहृदशीमा १‒१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १‒१, सुनसरीको इटहरी र बराहक्षेत्रमा २‒२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १‒१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १‒१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३