प्रकाशित : १२ मंसिर २०७८, आईतवार १८:४४

विराटनगर, १२ मंसिर । झापाको कनकाईमा आईतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २२ जना घाईते भएका छन् । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस कनकाई नगरपालिका ८ को विरिङ पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा परि कनकाई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो । घाईते भएकाहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३