प्रकाशित : ६ मंसिर २०७८, सोमबार १९:४४

विराटनगर, ६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ ।

३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३