प्रकाशित : ४ मंसिर २०७८, शनिबार १५:५१

विराटनगर– मोरङ कारागारका एक कैदीको शनिबार विहान मृत्य’ भएको छ । विराटनगरको हाटखोलास्थित कारागार कैद सजाय भुक्तान गरिरहेका विराटनगर ८ का ६२ बर्षीय गोपाल शर्माको विहान मृत्यु भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार शर्मालाई अचानक न्यून रक्तचापको समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल लगिएको थियो । शुक्रबार राति अस्पताल भर्ना गरिएका शर्माको स्वास्थ्यमा सुधार भएपछि आज बिहान ६ बजेतिर अस्पतालले डिस्चार्ज दिएको थियो । पुनः स्वास्थ्यमा समस्या देखिएपछि बिहान दोस्रो पटक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले शर्मालाई बिहान ७ः४० बजेतिर मृत घोषित गरेको निमित्त जेलर पोखरेलको भनाइ छ । शर्मालाई स्वास्थ्यमा समस्या भएराती कारागार प्रशासनलाई जानकारी गराएर राती १ वजे नै पिकेट बाहिर निकालेपनि एक घण्टा ढिलो गरि अस्पताल लगिएको श्रोतले बताएको छ । श्रोतका अनुसार विहान डिस्चार्ज गरेर ल्याउने वित्तिकै शर्मामा पुन समस्या देखिएपछि पुन ः अस्पताल लैजान भन्दा पनि आधा घण्टा ढिलो लगिएको थियो । कारागार प्रशासनको लापरवाहीका कारण ज्यान गएको श्रोतको दावी छ । शर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्ष देखि कैद भक्तान गर्दै आएका थिए । उनी टे«ड युनियन काँग्रेस विरानगरका पुर्व सभापति पनि हुन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३