प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार १९:०४

विराटनगर, ३ मङ्सिर । नेपाली काँग्रेस मोरङको प्रदेश निर्वाचन क्षेत्रका लागि शनिबार मतदान हुने भएको छ । क्षेत्र नं ५ बाहेक अन्य निर्वाचन क्षेत्रमा सर्वसम्मत हुन नसकेपछि शनिवार निर्वाचन हुने भएको हो ।
क्षेत्र नं ५ (क)को सभापतिमा अचानु खा, उप सभापनिमा श्याम मण्डल र मालिक चन्द मण्डल सचिवमा जयनारायण मण्डल र सञ्जीव मण्डल सर्वसम्मत चयन हुनु भएको छ । क्षेत्र नं ५ (ख) को सभापतिमा जीतु (जीतेन्द्र) उपसभापतिमा श्रीराम ठाकुर र अशोक साह सचिवमा मनोज साह र लक्ष्मी मण्डल सर्वसम्मत चयन हुनु भएको छ । यी दुबै क्षेत्रमा सर्वसम्मत हुनेहरु काँग्रेसका अहिलेको संस्थापन पक्ष देउवा समुहका भएको बताइएको छ । उक्त निर्वाचन क्षेत्र देउवा समुहका अमृत अर्यालको भएकाले अर्यालकै पहलमा दुबै प्रदेश क्षेत्रमा सर्वसम्मत नेतृतव चयन भएको हो । क्षेत्र नं ५ (क) प्रदेश क्षेत्रमा उपसभापति र सचिवमा सर्वसम्मत हुनेहरु यस अघि सभापति पदका लागि आकाङ्क्षी थिए ।
यस अघि स्थानीय र वडा तहको निर्वाचनमा मोरङमा निकै कमजोर देखिएको देउवा समुहले आफ्नो पकड क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत गरेर पुरानो संस्थापन पक्ष कोइराला निवासलाई झस्का दिएको छ ।
क्षेत्र नं ५ बाहेकका अन्य अधिकाँस क्षेत्रमा काँग्रेसको पुराना संस्थापन पक्ष कोइराला निवासका उम्मेद्वारहरु बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । तल्लो तहका नेताहरुले सर्वसम्मतका लागि केही पहल गरेपनि माथिल्लो तहमा पुरानो संस्थापन पक्ष बीचनै डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल र महेश आचार्यको आ आफ्नै समुह भएकाले पुरानो संस्थापन पक्षमा सर्वसम्मतको प्रयास सार्थक हुन सकेको छैन ।
शनिबार हुने निर्वाचका लागि क्षेत्र नं १ (क) क्षेत्रमा वीरबल थापा, नर बहादुर मुक्तान र अर्जुन तुमरुङले सभापति पदमा उम्मेद्वारी मनोनय गर्नु भएको छ । तीन जना प्रतिस्प्रर्धी मध्ये थाप पुराना काङ्ग्रेस कार्यकर्ता हुन् । उहाँ यस अघि नेपाली काँग्रेस उर्लाबारी नगर कमिटीको सभापति हुनु हुन्थ्यो भनेल उर्लाबारी नगरपालिका वडा नं ७ को वडाध्यक्ष पनि हो । थापा उर्लाबारी नगरपालिका मेयर तथा स्थानीय काँग्रेस नेता खडग फागो विरोधिका खेमका शसक्त व्यक्ति हुनुहुन्छ । नेपाली काँग्रेस मोरङका सभापति डिक बहादुर निकट गोपाल बस्नेतले सभापतिमा गर्नु भएको उम्मेद्वारी फिर्ता लिएपछि जिल्ला सभापति लिम्बुले थापालाई सहयोग गर्न सक्ने सम्भावना बढेर गएको छ ।
सभापति पदका अर्का दुइजना दाबेदार अर्जुन तुमरुङलाई र नर बहादुर मुक्तान भने उर्लाबारी नगरपालिकाका मेयर तथा क्षेत्र नं १ का दाबेदार खडग फागो निकट रहेको बताइन्छ ।
त्यस्तै क्षेत्र नं १ (ख) मा राजकुमार लामा र खगेन्द्र भण्डारीले सभापति सभापतिमा उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ । जसमा अर्का दाबेदार राजकुमार तामाङले सभापति पदका आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ । तमाङ पनि मोरङ काँग्रेसका सभापति लिम्बु नजिकका व्यक्ति हुनहुन्थ्यो ।
क्षेत्र नं २ (क) को सभापतिमा जीवन पनेरु र कनैयालाल राजवंशीले उम्मेद्वारी मनोनयन गर्नु भएको छ । राजवंशी पुराना प्रजातान्त्रिक काँग्रेस पृष्टभूमिका भएपनि पछिल्लो समय उहाँ पुरानो संस्थापन पक्ष अर्थात मोरङको कोइराला निवास निकट हुन पुग्नु भएको छ । सभापतिका अर्का दाबेदार पनेरु पनि कोइराला निवास निकटकै हुन् । दुबै जना बीच सर्वसम्मत गराउने प्रयास भइरहेको सुनवर्षी नगरपालिकाका मेयर समेत रहनु भएका रविन राईले बताउनुभयो ।

क्षेत्र नं २ (ख) मा देबेन्द्र बस्नेत र इन्द्रमणी थापा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिनु भएको छ । निरवृत शिक्षक थापा यस अघि नेपाल शिक्षक सङ्घ मोरङ उपसभापति भइसक्नु भएको व्यक्ति हो भने बस्नेत व्यवसायिक पृष्ठभूमिका काँङ्ग्रेस कार्यकर्ता हुनु। यी दुबै जना कोईराला निवास निकट व्यक्तिहरु हुन् ।
त्यस्तै क्षेत्र नं ३ (क) बाट लोकमणी न्यौपाने र गँगा याखाmे सभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ । पुराना काँग्रेसी कार्यकर्ताको रुपमा परिचत न्यौपानेलाई काँग्रेसको पुरानो संस्थापन पक्ष कोईराला निवास निकट यदु विष्ट र प्रदेश सभासद सुर्यमा राईको समर्थन छ भने याखालाई डा शेखर कोइराला निकट सुनिल शर्माको समर्थन रहेको छ । त्यस्तै क्षेत्र नं ३ (ख)मा सभापतिका लागि बेलबारीका केदार अधिकारी र जगतला थारु प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । दुबै जना पुरानो संस्थापन पक्ष कोइराला निवास निकट नै भएपनि स्थानीय तहमा थारु सुनिल शर्मा नजिकका व्यक्ति हुन् भने अधिकारीलाई संस्थापन देउवा पक्षका व्यक्तिहरुले समर्थन गर्न सक्ने संभावाना देखिन्छ ।
क्षेत्र न. ४ (क)को सभापति पदका लागि एकाराम माझी र विजय माझी उम्मेद्वारी दिनु भएको छ जसमा एकारामलाई पुरानो संस्थापन पक्षका महेश आचार्य निकट विनोद बस्नेत र विश्वनाथ रिजालहरुको समर्थन रहेको छ भने विजय माझीलाई गुरुराज घिमिरे र देउवा निकट दिलीप गञ्छदारको समर्थन रहन सक्ने बताइन्छ ।
त्यस्तै ४ (ख)को सभापतिमा विराटनगर मधुमाराको सुवोध निरौला, वडा नं ३ राजु थापा, विनायक पन्त र विराटनगर २ कै अमृता गौतम भट्टराइले उम्मेद्वारी मनोनयन गर्नुभएको छ । जसमा सुबोध निरौलालाई महेश आचार्य निकट विनोद बस्नेतहरुको समर्थन छ भने पन्त, थापा र भट्टराइले पनि आफूलाई पुरानो सस्थापन पक्ष कोइराला निवास निकटकै भएको दाबी गर्दै आएका छन् ।
त्यस्तै क्षेत्र नं ६ (क) मा दीपक भगत र बालचन्द्र माझी सभापाति पदका लागि उममेद्वारी दिनु भएको छ । । जसमा भगत डा शेखर कोइराला निकट व्यक्ति हुन भने माझी संस्थापन देउवा पक्ष निकट मानिन्छन् । माझीलाई मोरङमा देउवा निकट उमेशजङ रायमाझीको समर्थन रहेको बताइन्छ । क्षेत्र नं ६ (ख)मा मधुवावु तिवारी र विकास पराजुली बीच सभापतिका पदका लागि प्रतिस्पर्धा हुने भएको छ । जसमा पराजुलीलाई डा शेखर कोइरालाले सहयोग गर्ने बचन दिनु भएको बुझिएको छ भने तिवारीलाई महेश आचार्य समुहल सहयोग गर्न सक्ने सम्भावना देखिन्छ । विराटनगर महानगरपाकिा वडा नं ७ का वडाध्यक्ष समेत रहेका तिवारी स्थानीय क्षेत्रमा लोक प्रिय व्यक्ति हुन् ।
क्षेत्र नं ५ पनि सभापति पदका लागि चार जना आकाङक्षीहरु देखिएका छन् । जसमा दिलीप पोखरेल, अर्जुन निरौला, जिवस गच्छदार र साम नारायण मण्डल रहेका छन् । अकाङक्षी यी चारै जना सस्थापन पक्षका अमृत अर्याल निकट हुन् ।
मोरङ काँग्रेसका प्रदेश अधिवेशनमा पार्टीको केन्द्रीय गुटका आधारमा भन्दा पनि स्थानीय गुटगत स्वार्थका आधारमा प्रतिस्पर्धा हुने काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३