प्रकाशित : २७ कार्तिक २०७८, शनिबार १८:४१

विराटनगर, २७ कात्तिक । मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कानेलगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । प्रतिष्ठानका केन्द्रीय महासचिव रमेश पौडेल, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठान वेलायत शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठलगायतले वर्तमान मुक्तकको प्रवृत्ति र शैलीका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

विमोचित मुक्तकसङ्ग्रह ‘गोलढुंगो’का बारेमा समालोचक भूषण ढुंगेल, ‘उपासना’का बारेमा रामजी तिम्सिनाले समीक्षा गर्नुभयोे । साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले ‘गोलढुंगो’ सङ्ग्रहभित्रका केही मुक्तक वाचन गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३