प्रकाशित : २० कार्तिक २०७८, शनिबार ०६:१३

विराटनगर, २० कात्तिक । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ ।

आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्पआयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छे अनुसारको दक्षिणा र उपहार दिने चलन रहिआएको छ ।

भाइटीकाको साइत आज बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३