प्रकाशित : १८ कार्तिक २०७८, बिहीबार ०७:०६

विराटनगर, १८ कात्तिक । प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले मुख्यमन्त्री राजेन्द्र राईमार्फत राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले निकट रहेका वरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम कात्तिक १७ देखि लागू हुने गरी आचार्यले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३