प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १७:३९

विराटनगर, १७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा ८, मेचीनगर र दमकमा ६–६, बुद्धशान्तिमा ४, कनकाईमा २, अर्जुनधारा र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २०, बेलबारीमा ३, उर्लाबारीमा २, सुन्दरहरैचामा १, सुनसरीको इटहरीमा ११, धरानमा ५, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ५१ महिला र ५७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३