प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १७:३८

विराटनगर, १७ कात्तिक । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा उहाँले संविधान सबै राजनीतिक शक्तिहरुको सहमतिको दस्तावेज भएको बताउनुभयो । उहाँले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टिकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिएपनि त्यसो नभएको चिन्ता व्यक्त्त गर्नुभयो ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताहरुबीच १६ बुँदे सहमतिलाई आत्मसात गर्न कसैले पनि हिच्किचाउनु आवश्यक छैन भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिम लगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैले पत्याएको ऐतिहासिक राजनीतिक दल हो भत्रे कुरालाई वेवास्ता गरी विधानमाथि भएको जथाभावी हस्तक्षेपको आलोचना गर्नुभयो ।

विधान मिचेर काखापाखा गर्ने कार्यको घोर विरोध गर्दै उपसभापति गच्छदारले अन्यायमा परेका, पीडित कार्यकर्तालाई न्याय दिलाएर नै छाड्ने कुरामा जोड दिनुभयो । उहाँले आगामी महाधिवेशनले पार्टीमा देखिने गुट उपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनु पर्ने जिकिर गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै साथी एवं कार्यकतालाई लिएर विधिवत रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट पार्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३