प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार १६:४४

विराटनगर, कात्तिक १६ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा छ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । जसमा काँग्रेसबाट दुई, माओबादी र जसपाबाट एक÷एक तथा लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक राज्यमन्त्री रहेका छन् ।
नव नियुक्त मन्त्रीहरुमा आर्थिक ममिला तथा योजना मन्त्रीमा माओबादी केन्द्रका इन्द्र बहादुर आङ्बो, भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नेपाली काङ्ग्रसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की, र सामाजिक विकास मन्त्रीमा जनता समाजबादी पार्टीका जयराम यादव तथा सामाजिक विकास राज्यमन्त्रीमा लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु माया तुम्बाहाम्फे रहका छन् ।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रदेश १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मङ्गलबार नै पदको गोपनीयताको सपथ ग्रहरण गराएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त राई नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता हुन् ।
त्यसैगरी मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ ग्रहरण गराएका छन् ।
नवनियुक्त मुख्य मन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले मङ्गलबार नै आ आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहरण गरेका छन ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्लबार न नै प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सोमबार तत्कालिन मुख्यमन्त्री भीम प्रसाद आचार्यले राजीनाम दिए पछि नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३