प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार १८:२४

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा स्वास्थ्य मन्त्रालयको माग गरिएको छ । सामाजिक विकास मन्त्रालय भित्र स्वास्थ्य क्षेत्र राखिएकाले काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । उनीहरुले अविलम्व स्वास्थ्य मन्त्रालय स्थापनाको माग गरेका छन् ।
छुट्टै स्वास्थ्य मन्त्रालय नहुँदा स्वास्थ्य क्षेत्र संवन्धि कामहरु गर्न समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गर्दै आएका छन् ।
जनस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाशखाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय तत्काल स्थापना हुनुपर्ने माग गर्नुभयो । अन्य प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएर राम्रो काम गरिरहेको अवस्थामा प्रदेश १ मा अझै सम्म पनि सामाजिक विकास मन्त्रालय भित्र स्वास्थ्यलाई गाभिएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयको माग भईरहेको समयमा स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर एकिकृत सेवा दिन नाउँमा नयाँ संगठन संरचना तयार गर्न खोजिएकोमा उहाँले विरोध जनाउनुभयो । उहाँले भन्नुभयो,‘ एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध गर्दछु ।’ उहाँले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३