प्रकाशित : १३ कार्तिक २०७८, शनिबार १९:१७

विराटनगर, १३ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको विराटनगर शाखाले मोरङको कटहरी–१, महेशपुरमा एक सय बढी लाई बैंकिङ साक्षरता प्रदान गरेको छ ।

बचत संकलन गरि ऋण परिचालन गर्नु मात्र नभई सही वित्तीय निर्णय गरी पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधी तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिनका लागि बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायीत्व भित्र पर्ने कुरा सहजीकरणका क्रममा बैंकका विराटनगर शाखा प्रबन्धक अर्जुन खतिवडाले बताउनुभयो ।

कार्यक्रममा फजुल खर्च रोकी बचत गर्ने बानीको कसरी विकास गर्ने, बचतको लागि औपचारिक माध्यम नै किन रोज्ने, पारिवारिक बजेट बनाएर कसरी जीवन यापन सहज बनाउने, विप्रेषणको सही उपयोग कसरी गर्ने, वीमाको महत्व किन छ , अफ्नो लगानी लक्ष्य कसरी बनाउने र वित्तीय साक्षरतातर्फ कसरी अग्रसर बन्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

हालसम्म १ सय वटा शाखा संचालनमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभर वित्तीय साक्षरता कार्यक्रमका अलावा रक्तदान, सरसफाई, स्वास्थ्य शिविर लगायतका दर्जनौ सामाजिक कृयाकलापहरु सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखा प्रबन्धक खतिवडाले अत्याधुकिन बैंकिङ प्रणाली मार्फत विराटनगरमा सांग्रिला डेभलपमेन्ट बैंकको ९८ औं शाखा गत घटस्थापनाका दिनबाट संचालनमा आएको समेत जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३