प्रकाशित : १३ कार्तिक २०७८, शनिबार १७:४२

विराटनगर, १३ कात्तिक । नेकपा (एस) का नेता तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले यही कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् ।
पार्टीले शनिबार विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईल, “हाम्रो गठबन्धन ५० जना सांसद छन्, सरकार बनाउन ४७ जना सांसद चाहिन्छ, जस्तोसुकै दुसप्रयास गरेपनि हाम्रो सरकार बन्ने कुरालाई कसैले रोक्न सक्दैन । तर एमाले छलछाम गर्न खोजिरहेको छ । त्यो सफल हुंदैन । संविधान अनुसार असोज ८ गते नै भीम आचार्यले नेतृत्वको सरकारले विश्वासको मत लिनुप¥थ्यो तर छलछाम गरेर असम्बैधानिक तरिकाले अहिलेसम्म टिकिरहेको छ ।
प्रदेश १ र वागमती नेकपा (एस) लाई दिने सहमति रहेको स्मरण गराउँदै काँग्रेसको तर महाधिवेशन कारण केही कुरा मिलाउनुपर्ने भएकाले काँग्रेसकै माग अनुसार ७ गतेको सदन स्थगित भएको हो । पुरानो गठबन्धन तोड्न र नयाँ गठबन्धन निर्माण गर्न काँग्रेस समय नमागेको नेता राईको दाबी छ ।
उहाँले अहिलेको सन्दर्भमा जनताको बहुदलीय जनबाद पुरै छाड्न र पुरै समाउन नसकिने बताउनुभयो । बहुदलीय जनाबाद भनेको नौलो जनबादनै भएको स्पष्ट पार्दै क्रान्तिपछि पनि बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेर अघि बढ्ने भएकाले नौला जनाबादलाई नै बहुदलीय जनाबाट भनेर मदन भण्डारीले व्याख्या गर्नु भएको दाबी गर्नुभयो ।
उहाँले नेपाली समाजद अब सामान्तबादी समाज नरहेर पुँजीबादी समाजमा रुपान्तरण भइसकेकाले अब यहाँ नौलो जनाबादी क्रान्ति होइन समाजबादी क्रान्तिको आवश्यकता रहको औल्याउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३