प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार १६:५३

विराटनगर, कात्तिक १२ गते । नेकपा एमाले मोरङले दशै, तिहार र छैठ पर्वको अवसरमा यही कात्तिक २२ गते पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम सम्पन्न गर्न पार्टी जिल्ला कमिटीका सदस्य बाबुराम कार्कीको संयोजकत्वमा मूल संयोजन समिति गठन गरेको छ भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एमाले विराटनग महामनगर कमिटीले गर्ने निर्णय भएको एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमलाई व्यवस्थित गर्न पर्शुराम बस्नेतको संयोजकत्मा स्वयमसेवक परिचालन कमिटी र प्रचार प्रसारका लागि पार्टी जिल्ला कमिटीका सदस्य रुपेश खतिवडाको संयोजकत्वमा प्रचार समिति गठन गरेको बताइएको छ ।

कार्यक्रमलाई परम्परागत रुपमा शुभकामना आदान प्रदानमा मात्र सिमित नगरी प्रशिक्षणमूलक कार्यक्रमको रुपमा समेत गरिने योजना रहेकाले पार्टीका वडातहसम्मका कमिटीका सदस्यहरुको उपस्थिति रहने एमाले जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।
कार्यक्रममा जिल्ला भरिका सात हजार भन्दा बढी कार्यकर्ता, बुद्धिजिवी, उद्योगि व्यवसायिहरुको उपस्थिति रहने बताइएको छ । उक्त कार्यक्रममा विहान ११ बजे देखि ३ बजेसम्म पार्टी कार्यकर्ता र ३ देखि ५ बजेसम्म अन्य आमन्त्रित व्यक्तिहरुको उपस्थिति रहने छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३