प्रकाशित : १० कार्तिक २०७८, बुधबार १९:३१

विराटनगर, १० कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डेले दावी पेस गरेका छन ।

५९ सांसदको समर्थनसहित उनले मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन । १०९ सांसद रहेको बागमती प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ५५ मत आवाश्यक पर्छ । योसँगै पाण्डे मुख्यमन्त्री हुने करिब निश्चित भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो मात्रै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएको घोषणा प्रदेशसभामा गरेपछि प्रदेश प्रमुख शर्माले भोलि दिउँसो ३ बजेसम्मको समय दिएर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३