प्रकाशित : ९ कार्तिक २०७८, मंगलवार १८:५२

विराटनगर, ९ कात्तिक । नेकपा एमाले विराटनगर महानगर कमिटीको अधिवेशन स्थगित भएको छ । महानगरको नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि भोली विहान सम्मका लागि अधिवेशन स्थगित भएको नेताहरुले बताएका छन् । महानगरको अध्यक्षमा बर्तमान अध्यक्ष सागर थापा र पर्शुराम बस्नेत, उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा राधेश्याम कट्टेल, मीनकुमार आचार्य र रोहित कोइराला आकांक्षी देखिएका छन् ।

पार्टी नेताहरुले सर्बसम्मतका लागि प्रयास गरेपनि सहमति नजुटेपछि भोली विहान १० बजे बन्द शत्र शुरु हुनेगरि अधिवेशन स्थगित गरिएको एक नेताले बताए । महानगरको अधिवेशनमा ८७३ जना प्रतिनिधि सहभागि भएका छन् ।

एमाले मोरङले विराटनगर महानगरपालिकाको अधिवेशन सम्पन्न गर्नका लागि आवस्यक सहजीकरणका लागि केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव विनोद ढकाल सहित नेताहरु खेम नेपाली, राजेश सुब्बा, रमेश पोखरेल, रामलाल साह, रामचन्द्र महतो र विमला घिमिरेलाई जिम्मेवारी दिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३