प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १९:००

विराटनगर, ८ कात्तिक । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिव ३८ क्वीन्टल सुन तस्करी मुद्धाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरिर बन्धक मुद्दामा थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले बताउनुभयो । उहाँका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ती भराउने गरी फैसला भएको हो ।

सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले गत असोज १९ गते जन्मकैद फैसला सुनाएको थियो । फैसलामा अपहरण तथा शरिर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन् । गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।

शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये २१ जना अझै फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३