प्रकाशित : ३ कार्तिक २०७८, बुधबार ०६:५७

विराटनगर, ३ कात्तिक । अविरल बर्षाका कारण सुनसरी दुहवीको विद्युत प्राधिकरणको सब स्टेशन डुवानमा परेको छ । सब स्टेशन डुवानमा परेपछि प्रदेश १ मा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

दुहवीको सब स्टेशन डुवानमा परेपछि विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने विद्युत अवरुद्ध भएको छ । विराटनगर वितरण केन्द्रले ४ वटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ ।

टंकीसिनवारी, रानी, बाँसबारी र कटहरी सब–स्टेशनबाट २५ ग्रिडमा विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा र जहदाको प्रणारण लाइन एकै पटक अवरुद्ध भएको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका सूचना अधिकृत भरत केसीले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङमा निजी क्षेत्रबाट सञ्चालित जनविद्युत आयोजना पनि अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३