प्रकाशित : २ कार्तिक २०७८, मंगलवार १८:०६

विराटनगर २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । झापामा ५, सुनसरीमा ३ र पाँचथरमा १ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले जानकारी दिईन । उनका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् ।

प्रदेश १ मा मंगलबार सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १०७ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३