प्रकाशित : २५ आश्विन २०७८, सोमबार ०६:५६

विराटनगर, २५ असोज । प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड गठन, प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश श्रम सल्लाहकारको नियुक्त गरेको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्ड गठन, प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश श्रम सल्लाहकारको नियुक्त गरेको छ । बैठकले फणिन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी), भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी), र इन्दिरा श्रेष्ठ (विर्तामोड) लाई बोर्डमा नियुक्ती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले बताए । उनका अनुसार बोर्डको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहने व्यवस्था छ । एक जना अर्थ मन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रतिनिधि, एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख सदस्य रहने व्यवस्था छ ।

६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० बर्षदेखि लागेका व्यक्ति नियुक्ती गर्ने व्यवस्था अनुसार ६ जनालाई बोर्ड सदस्यमा नियुक्ती गरिएको मन्त्री तिवारीले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वोलाई नियुक्त गरेको छ । सदस्य सचिमा कृष्ण (पर्शुराम) बस्नेत, (विराटनगर), सदस्यहरुमा भेषराज कार्की (सुनसरी), विप्लभ घोष (सुनसरी), थलु राजभण्डारी (ओखलढुंगा) रहेका छन् ।

आईतबारको बैठकले प्रदेश श्रम सल्लाहकार पनि नियुक्ती गरेको छ । प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा झापाका राजिव घिमिरे र सदस्यहरुमा भीम घिमिरे विराटनगर, सरोज श्रेष्ठ धरान, सीता उपाध्यय मोरङ, रञ्जु सिग्देल इटहरी, किशोर धमला विराटनगर, अरुण थापा विराटनगर, नारायणबाबु कार्की मोरङ, सुनिता घिमिरे मोरङ, टिका प्रसाई सुनसरी, निलम साह सोनार मोरङ रहेका सरकारका प्रवक्ता तिवारीले बताए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले खुपु खोला जल विद्युत आयोजनाको शेयर लगानी गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३