प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार १८:४९

विराटनगर, २२ असोज । नेपाली कांग्रेसका प्रभाशाली नेता तथा केन्द्रिय सदस्य डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा प्रजातन्त्र मास्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

आज विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्त विपरित मन्त्रीमण्डलमा प्रधानन्ययधीशलाई भाग दिएर पार्टी सभापति देउवाले प्रजातन्त्र मास्ने खेल सुरू गरेको बताउनुभएको हो । प्रजातन्त्रका लागि ५ दशक लामो संघर्ष गरेर आउनुभएका सभापतिले प्रजातन्त्रलाई समाप्त पार्ने खेल पनि आफैले नै सुरू गरेको कोइरालाको आरोप छ । प्रदेश १ र ३ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति प्रति पनि कोइरालाले आपत्ती जनाउनुभएको छ ।

उहाँले एउटा मन्त्रीका लागि दुई वटा प्रदेशको मुख्यमन्त्री दिने निर्णयले नेपाली कांग्रेसका कार्यकर्ता निराश भएको बताउनुभयो । कोइरालाले प्रदेश १ को मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने दाबी गर्दै आउनुभएको थियो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३