प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार ०७:१४

विराटनगर, २२ असोज । प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । हिउँदे अधिवेशन दिउँसो २ वजेदेखि शुरु हुने संसद सचिवालयले जनाएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफु नेतृत्वको सरकारलाई विश्वासको मत समेत लिने उद्देश्यले हिउँदे अधिववेशन बोलाएका हुन ।

एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्य ३० दिन भित्र विश्वासको मत लिने प्रकृयामा अघि बढेका हुन ।

बहुमत सदस्य रहेको दावी गर्दै आएको विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले संसद अधिवेशन अगावै राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । प्रदेशसभामा एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन् । केन्द्रमा भएका सहमतिपछि नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री नियुक्तीको प्रकृया शुक्रबार (आज) विहानबाट शुरु हुने राईले बताए ।

विपक्षी गठबन्धनमा बहुमत रहेकाले दशैंं अघि नै नयाँ सरकार बन्ने नेता राईले बताए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३