प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १९:१५

ताप्लेजुङ, १९ असोज । ताप्लेजुङका एक पत्रकारले सम्पत्ति नामक कविता सङ्ग्रह प्रकाशित गर्नुभएको छ । विगतदेखि साहित्य क्षेत्रमासमेत सक्रिय रहँदै आउनुभएका पत्रकार कमलप्रसाद भट्टराई ‘अकिञ्चन’ ले पहिलो प्रकाशित कृतिका रुपमा कविता सङ्ग्रह प्रकाशित गर्नुभएको हो ।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ दोखु निवासी अग्रज पत्रकार भट्टराईले सम्पत्ति कविता सङ्ग्रहमा २०४४ देखि २०५६ सालभित्र लेखेका पुराना कविताहरु समेट्नु भएको छ । कुल ८० पृष्ठको सङ्ग्रहमा ४९ वटा कविता समावेश गरिएका छन् ।
कवि तथा पत्रकार भट्टराई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका हाल उपाध्यक्ष हुनुहुन्छ भने जनआस्था लगायत सञ्चारमाध्यममा आवद्ध हुनुहुन्छ । उहाँ शिक्षण पेशामा समेत सङ्लग्न रहनुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३