प्रकाशित : १९ आश्विन २०७८, मंगलवार ०६:३०

विराटनगर, १९ असोज । सङ्घीय तथा प्रदेश कार्यालयबाट वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने अन्त्य गर्नु पर्ने सुझाव सरोकारवालाहरुले आज विराटनगरमा आयोजित कार्यक्रममा दिएका छन् ।
प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित सूचना तथा सञ्चारसंग सम्वन्धित सरोकारबाला व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रमा संचारकर्मीहरुले मन्त्रालयले पत्रकारहरुको वृत्ति विकासका लागि आवश्यक कानून निर्माण गरी कार्य गर्न आग्रह गरेका छन् ।
आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले सरकारको काम कारवाही जनताप्रति उत्तरदायित्व बनाउन सञ्चारकर्मीहरुले स्वस्थ्य आलोचना गर्न आग्रह गर्नु भयो । उहाँले सञ्चारक्षेत्रलाई बजवुत र मन्त्रालयको कार्यलाई पारदर्शी बनाउन महासङ्घको सहकार्यमा आवश्यक कानून निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विज्ञापनको कमिशनप्रति संवेदनशील रहेको छ भन्दै यस कार्यलाई अन्त्य गर्न सञ्चारगृहलाई  विज्ञापन उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाबाट मृत्यु भएका दुई पत्रकारलाई रु ५० -५० हजार र सङ्क्रमित सात जनालाई रु २५ हजारका दरले सहयोग उपलव्ध गराएको जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लिलावल्लभ घिमिरे पत्रकारहरुका समस्या र यसका समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै यहाँ ३० दैनिक, ११० एफ एम, ५८ साप्ताहिक पत्रपत्रिका,२०० अनलाईन र सात टेलिभिजन र एक हजार ६१० पत्रकारहरु कार्यरत रहेको जानकारी दिनु भयो ।
वरिष्ठ पत्रकार मोहन भण्डारी, प्रदेश १ पत्रकार महासङ्घका निर्वतमान सभापति विक्रम लुईटेल, मोरङ सभापति सन्जिव खनाल, सञ्चारीका समूह प्रदेश अध्यक्ष इन्दिरा भट्टराई, अनन्त न्यौपानेले श्रमजीवी पत्रकारहरुलाई सूचनामा पहुँच सहज बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।
अन्तरक्रियामा मोरङ जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३