प्रकाशित : १६ आश्विन २०७८, शनिबार १७:५४

इनरुवा, १६ असोज । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी सुनसरीका सुरक्षा निकायहरुले चाडपर्व लक्षित सुरक्षा निगरानी बढाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको १२ स्थानीय तहको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको सबै नागरिकको सुरक्षा सहित पर्वमा हुन सक्ने अनधिकृत कृयाकलाप र असुरक्षालाई मध्यनजर गरी चाडपर्व लक्षीत सुरक्षा निगरानी बढाएको हो । चाड पर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नयाव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालय र इकाई तथा चौकीले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ ।
यस्तै चोरी, तस्करी र आपराधिक गतिविधि समेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । कार्कीले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारी समेत थालेको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३