प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार १७:२०

इटहरी, १५ असोज । इटहरी उपमहानगरपालिकाले वजार अनुगमन गरेको छ ।
विहान इटहरीवजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ ।

तीन वटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।इटहरीमा अव नियमित रुपमा वजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिनुभयो ।

इटहरीमा समय समयमा भएका वजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको,लेवल लगाएर मात्र समान वेच्न थालिएको,डेट भएका मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईले वताउनुभयो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३