प्रकाशित : १३ आश्विन २०७८, बुधबार १५:३२

पथरी शनिश्चरे, १३ असोज । अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिने उद्देश्यले मोरङको पथरी शनिश्चरेमा सञ्चालनमा आएको डिजिटल कृषि सेवा केन्द्रको मुख्य सहयोगी संस्था अष्ट्रेलियन एडका प्रतिनिधिले बुधबार अनुगमन् गरेका छन् ।
अनुगमनका क्रममा टोलीले नगरको जिओकृषि एप सहित सञ्चालनमा आएको उक्त सेवा केन्द्र’को सञ्चालन तथा व्यवस्थापन बारे जानकारी लिएका थिए ।
सो अवसरमा बोल्दै लुथरन विश्व संगठन अन्तर्गत अष्ट्रेलियन एडको जेनेभाकी रिजनल कोअर्डिनेटर सुसन मोयुसले नेपालका स्थानीय तह मध्ये पथरीशनिश्चरेल नगरपालिकाले सबै भन्दा पहिले काम सुरु गरेकोमा खुसी व्यक्त गर्दै भूटानी शरणार्थी र स्थानीय नगरवासीबीचको सर्वपक्षीय सहकार्यको थप अपेक्षा गरेकी छन् ।
त्यस्तै जिओकृषि एप सञ्चालनको तालिममा भूटानी शरणार्थीलाई पनि जोडेर कृषि क्षेत्रमा प्रोत्साहित गरेको नगर प्रमुख दिलीपकुमार राईले जानकारी गराउनु भयो । शरणार्थी र स्थानीयबीचको सहकार्यमा कृषि, पशुपालन कार्यक्रम सञ्चालनमा रहेको र मानवीयताको आधारमा शरणार्थीका लागि रोजगारमा रोकटोक समेत नगरिएको उहाँले वताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, जिओकृषिका सहजकर्ता उमेश दनुवारले जानकारी गराउनु भएको थियो ।
जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले नगरमा जिओकृषिको कार्यालय असोज ७ गते देखि सञ्चालनमा आएको हो ।
कार्यालय मार्फत कृषकहरु घरमै बसेर बाली लगाउने तथा पशुपालनको तरिका, त्यसमा देखिएका समस्या, रोगको बारेमा जानकारी गराई त्यसको समस्या समाधान एवम् उपचारका बारेमा एपमार्फत जानकारी पाउने छन् । समस्याको समाधानको उपाय बारे नगरका कृषि तथा पशु प्राविधिकले बताउने छन् । आवश्यक परे विज्ञहरुसँग पनि जानकारी लिएर जवाफ दिइने छ ।
पथरी शनिश्चरेमा लुथरनले १६ हजार र अभियान नेपालले पाँच सय कृषकलाई एपमा जोड्ने लक्ष्य बनाएको छ । झापा र मोरङका पाँच स्थानीय तहमा कृषि र पशुको कार्यक्रम सञ्चालन गर्ने क्रममा अभियान नेपालको पनि पहिलो पटक पथरी शनिश्चरेमा जिओकृषि एप सुरुवात भएको छ । सुरुको समयमा सो एपमा कृषि सम्बन्धि मात्र जानकारी समावेश गरिएको थियो । हाल आएर कुखुरा र गाईको जानकारी थपिएको छ । अव चाँडै बंगुरको पनि थपिने समाजका अध्यक्ष जोसेफ सोरेनले बताए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३