प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १८:५३

ताप्लेजुङ, ७ असोज । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाले आर्थिक सहयोग उलबध गराएको छ । कियाचु इजरायल शाखाले सङ्कलन गरेर पठाएको सहयोग रकम अग्निपीडितलाई उपलब्ध गराइएको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोका अनुसार इजरायल शाखाले सङ्कलन गरी पठाएको एक लाख ८३ हजार रुपियाँ नगद बुधबार पीडित परिवारलाई वितरण गरिएको हो । मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ, किराँत याक्थुङ चुम्लुङका केन्द्र तथा जिल्लाका पदाधिकारी लगायतको उपस्थितिमा अग्नि पीडित ५६ परिवारलाई तीन हजार २०० रुपियाँका दरले रकम वितरण गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३