प्रकाशित : ६ आश्विन २०७८, बुधबार १७:२९

विराटनगर, ६ असोज । नेपाली काँग्रेस मोरङको मङ्गलबार देखि सुरु भएको वडा अधिवेशनमा कतिपय स्थानमा वडा सभापति सहित पदाधिकारी, वडा कार्यसमितिका सदस्यहरु, पालिका प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि सर्वसम्बत चयन भएका छन् ।
मोरङको धनपाल थान गाउँपालिकामा ७ वटै वडामा वडा सभापति देखि क्षेत्रीय प्रतिनिधि सहितका प्रतिनिधिहरु सर्वसम्मत चयन भएको नेपाली काँग्रेस मोरङका पूर्व उपसभापति हरिलाल सिंहले बताउनुभयो । जसमा वडा नं १ मा नादिर हुसेन, वडा नं २ राजेन्द्र मण्डल, वडा नं ३ मा महेन्द्र गच्छदार, वडा नं ४ मा झरिलाल ऋषिदेव, वडा नं ५ मा योगनन्द सरदार, वडा नं छ मा मो ताहिर हुसेन र वडा नं ७ मा गयानन्द गिरी वडा कमिटीको सभापतिमा सर्वसम्बत चयन हुुनु भएको छ ।

त्यसैगरी रङ्गेली नगरपालिकामा पनि केही वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमा वडा नं १ मा सुरेन्द्र झा, वडा नं ३ मा कुमार कट्वाल, वडा नं ४ मा रामप्रसाद मण्डल, वडा नं ७ मा मेदी साह, वडा नं ८ मा पुरुषोत्तम रिजाल, वडा नं ९ पनि क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताउनुभयो ।
त्यस्तै सुनवर्षी नगरपालिकामा वडा न.१ मा भवानी प्र खनाल, वडा नं ४ मा कृष्णदेव दास, वडा नं ६ मा श्याम प्रसाद दास, वडा नं ८ मा अनवर मिया र वडा नं ९ मा भोला साह वडा सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ ।
त्यस्तै कानेपोखरीमा वडा नं १ मा विजय किस्कु, वडा नं ३ मा इन्द्र बहादुर विष्ट, वडा न ७ मा रत्न भुजेल सर्वसम्मत चयन भएको कानेपोखरी काँग्रेसका सचिव विवेक लिम्बूले बताउनुभयो ।
त्यसैगरी पथरी शनिश्चरेका वडा नं ६ मा ज्ञान बहादुर बस्नेत र वडा न ४ मा पनि सभापति सर्वसम्मत चयन भएको बताइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाको वडा नं ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल वडा सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तै बुढी गँगामा वडा नं १ मा गजेन्द्र कार्की, २ मा बोदनारायण विश्वास र ३ मा किरण चौधरी , बेलबारी नगरपालिकाको वडा नं २ मा विचारी राई, ३ मा शालिग्राम बस्नेत र ९ मा रिक्त गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

मङगलबार सर्वसम्मत नेतृत्व चयन हुन नसकको वडाहरुमा बुधबार निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन हुदै छ । अहिले अधिकाँस स्थानमा मतदान सकिएको र केही समय पछि मतगणना सुरु हुने बताइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३