प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १४:०४

इटहरी, ५ असोज । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको वताउनुभएको छ । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले पुष सम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु पिच भइसक्ने वताउनुभयो ।

प्रमुख चोैधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभयो । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको वताउनुभयो । चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने वताउनुभयो । उहाँका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुने छ ।

इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । उहाँले इटहरीमा चाडैनै एक अर्व ३७ करोडको वल्र्डवैकको परियोजना संचालन हुन लागेको जानकारी दिनुभयो । त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन ।

केहि महिना भित्रैमा इटहरीका सवै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन । १४ वटा स्वास्थय इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर,औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लक समेत वन्दै छ ।

अहिले इटहरी अस्पतालमा एमडिजिपि सहित ५४ जनाले सेवा प्रदान गरिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३