प्रकाशित : ४ आश्विन २०७८, सोमबार १९:२१

इटहरी, ४ असोज । क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख ८२ हजार वरावरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्नुभयो । क्यारितासले १० थान सेमी फोल्टिड वेड र म्याटे«स, १० पिस ब्यालाङ्गकेट, दुई सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स, सय थान पीपीई सेट, ७८ वोत्तल सेनिटाइजर,२० प्याकेट सर्जिकल ग्लोब्स, १५० वटा एन्टिजेन टेष्टिङ्ग किट,२० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो ।
उपप्रमुख लक्ष्मी गौतमले क्यारिटासको सहयोग वाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने वताउदै धन्यावद ज्ञापन गर्नुभयो । इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य सामग्रीले निक्कै सहयोग पुग्ने वताउनुभयो । क्यारिटास नेपालका देवेन्द्र पोखरेलले क्यारिटास विपदका वेलामा स्थानीय सरकार सँगसँगै रहेको वताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३