प्रकाशित : ३ आश्विन २०७८, आईतवार १८:११

विराटनगर, ३ असोज । सुनसरीको बराहक्षेत्रमा व्यवसाय सीप विकास तालिम सम्पन्न भएको छ ।  साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित तालिममा बर्जु गाउँपालिका, दुहबी नगरपालिका तथा बराहक्षेत्र नगरपालिकाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण कमला न्यौपाने, पशु प्राविधिक रुप नारायण मेहता तथा कोकन का कार्यक्रम संयोजक हेमन्तराज पौडेलले गर्नु भएको थियो । तालिमका सहभागिहरुले बंगुरपालन र होटल व्यवसाय गर्ने कार्य योजना समेत निर्माण गरेका थिए ।

तालिम भदौ २९ देखि असोज २ गते सम्म आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३