प्रकाशित : २ आश्विन २०७८, शनिबार १८:१७

विराटनगर, २ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जिल्ला अधिवेशन पछि उम्मेदवारी घोषणा गर्ने बताउनु भएको छ । वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा नेता कोइरालाले भन्नुभयोे,‘ साथीभाईसँग सल्लाहमा गरेर मात्र केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्छु ।’ नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गर्नुभयोे । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो, तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा उहाँको जोड छ । दलहरुवीच राष्ट्रिय सहमती कायम गरी एमसीसी पास गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयोे,‘ विकासको योजनालाई सहमती कायम गरि पास गर्नु पर्छ ।’

प्रदेश १ सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ प्रदेश १ वा वागमतिमा हाम्रो नेतृत्व हुनुपर्छ ।’ वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्ने उहाँले बताउनुभयो । निर्वाचन सम्म सँगै गएपनि चुनावी तालमेलमा जानु नहुनेमा उहाँको जोड छ ।।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३