प्रकाशित : १ आश्विन २०७८, शुक्रबार ०६:३८

विराटनगर, १ असोज । प्याब्सन नगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा बिहीबार साँझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकी ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी शिव अधिकारीले २४ मत मात्र प्राप्त गर्नुभयो । । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो ।

प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधि उपस्थित भएका थिएनन्। निर्वाचनमा जम्मा ५५ मत खसेको थियो ।

समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिव हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३