प्रकाशित : २७ भाद्र २०७८, आईतवार १६:५८

इनरुवा, २७ भदौ । सुनसरीको बर्जुुगाउँपालिका वडा नं २ का स्थानीयहरुले गाउँको बाटो र चौतारा विकासका लागि माग गरेका छन् । शनिबार युवाहरुको सामूहिक भेलाले वडाको विभिन्न गाउँटोलको बाटो र यात्रुुलाई गर्मीयाममा बस्नका लागि चौतारा निर्माणका लागि वडा र पालिकासंग माग गरेका हुन् । रामगञ्ज बेलगछिया, भिमपुुर सहित वडा नं ३ जोडने बाटो निर्माण गर्नुुपर्ने माग स्थानीय विक्रम रायले गर्नुभयो । गाउँको भएका सडक बाटो मर्मत नहुदाँ स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएकाले बाटो निर्माणमा ध्यान दिनुपर्ने र यात्रुु सहित गाउलेलाई साँझ विहान बस्न तथा गर्मी याममा सितलमा बस्न हुनेगरी चौताराको निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । स्थानीयको माग सम्बोधन हुदै आएको र बर्जुु गाउँपालिका वडा २ को सितागञ्ज स्वास्थ्य चौकी दक्षिणको बाटो वडा ३ हुुदै बोडरसम्मको कालोपत्रे गर्ने गरी टेण्डर प्रकृयामा गएको बर्जुु गाउँपालिका वडा नं २ का वडाध्यक्ष आनन्द यादवले जानकारी दिनुुभयो । यादवले स्थानीयहरुले गाउँको बाटो र चौतारा विकासका लागि आएको मागमा विगतमा केही काम भएको र बाकी रहेको काम केही महिनामा सम्पन्न गर्ने बताउनुुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३