प्रकाशित : २७ भाद्र २०७८, आईतवार १६:३१

 

ओखलढुङ्गा, २७ भदौ । ओखलढुङ्गाको मानेभञ्ज्या गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आइतबार दिउँसो भएको जिप दुर्घटनामा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दुर्घटनामा परि बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुरघटनामा परि सिद्धिचरण नगरपालिका वडा नं २ का चालक केशव कटवाल, काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ का मानकाजी तामाङ, ओखलढुङ्गाकै मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका टेक बहादुर योगी, योगीका श्रीमती वर्ष हिरामाया योगी घाईते भएका छन् । त्यस्तै रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका १२ र चार वर्षीय छोराहरु अभिषेक योगी, निरज योगी, एक वर्षीय छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका प्रभात गिरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
१० जना सवार लिएर जिल्लाको निशंखेबाट काठमाडौँ जाँदै गर्दा बा ११ च ५२१० नं उक्त जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताउनु भयो । उहाँका अनुसार घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि चारजनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं पठाइएको र बाँकी पाँच जनाको अवस्था गम्भीर भएका कारण हेलीकप्टर मार्फत काडमाण्डौं पठाउने तयारी भइरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३